ब्राजिलमा पहिरोमा पुरिएर ज्यान गुमाउनेकाे सङ्ख्या ४२ पुग्याे

काठमाण्डौ – ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४२ पुगेको छ ।

 

बिज्ञापन

उद्धारकर्मीहरुले जमिनमा माटाेमा पुरिएकाे अवस्थामा एक जना ३७ वर्षीय पुरुषकाे शव भेटिएपछि ज्यान गुमाउनेकाे सङ्ख्या ४२ पुगेकाे हाे ।

 

उद्धारकर्मीका अनुसार पहिरोमा अन्य  रु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै सुरु भएको पहिरोले बगाएको थियो ।

 

गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।