काठमाडौँ महानगरको आर्थिक विधेयक सर्वसम्मतले पारित

काठमाडौँ महानगरपालिकाको २०७९ को आर्थिक विधेयक सर्वसम्मतले पारित भएको छ। काठमाडौँ महानगरपालिकाको ११ औँ अधिवेशनको चौथो बैठकले उक्त विधेयक पारित गरेको हो।

उक्त विधेयक छलफल क्रममा करका दर घटाएर दायरा बढाउनुपर्ने, कर तिर्ने नागरिकलाई बीमा लगायतका सेवा उपलब्ध गराउनुपर्ने लगायतका विषय उठेका थिए।

बिज्ञापन

आर्थिक विधेयकका विषयमा राजस्व विज्ञहरूसँग छलफल गरी संशोधन गर्ने महानगरका मेयर बालेन साहले बताएका थिए।