
काठमाडौँ । भारत, उत्तराखण्डको चमोलीमा हिमनदी फुटेर धौलीगंगालगायत नदीहरूमा आएको बाढीमा बेपत्तामध्ये थप तीन जनाको शव फेला परेको छ । सोमबार बिहानसम्म ११ जनाको शव बरामद गरिएको छ भने अझै १५३ जनाभन्दा बढी सम्पर्कविहीन छन् ।

उद्धार टोलीले आइतबार साँझसम्म बाढीले ल्याएको हिलो र लेदोमा पुरिएका आठ जनाको शव निकालेको थियो । तीमध्ये एक जना नाम र ठेगाना नखुलेको नेपाली रहेको जनाइएको छ।उक्त घटनामा हालसम्म २५ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ ।
बिज्ञापन



हिमनदी फुटेको क्षेत्रनजिकका दुई गाउँ पनि बगाएको छ । त्यसै गरी बाढीले जोशीमठमा एउटा पुल, चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ।
