गौरादह नगर शिक्षा शाखाबाट शिक्षकहरुलाई नयाँ पाठ्यक्रममा आधारित तालिम

गौरादह/ गौरादह नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयका शिक्षकहरुका लागि संचालन गरिएकाे २ दिने पाठ्यक्रम प्रबाेधिकरण तालिम सम्पन्न भएकाे छ।

शिक्षा बिभाग र शिक्षा बिकास तथा समन्वय ईकाइ झापाकाे लगानीमा गौरादह नगर शिक्षा शाखाले संचालन गरेकाे तालिममा नगर भित्रका ३२ बिद्यालयका ५६ वना शिक्षक सहभागी भएका छन।जनता मा.बि. गौरादहमा सम्पन्न तालिममा कक्षा -४,७ र ९ कक्षाकाे नयाँ पाठ्यक्रममा आधारित तालिम शिक्षकहरुलाई दिईएकाे छ। तालिममा माध्यमिक बिद्यालयका तर्फबाट ३, आधारभूत ६/८ बाट २ जना र आधारभूत तह अन्तर्गत कक्षा -४ बाट १ जनाका दरले तालिममा सहभागी गराइएको गौरादह नगर शिक्षा शाखा अधिकृत बिदुर आचार्यले जानकारी गराए। यसै बर्ष परिबर्तन भएकाे पाठ्यक्रममा आधारित तालिम रहेकाले सामुदायिक बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई पठनपाठनमा सहजताका लागि तालिम आयाेजना गरिएकाे गौरादह नगर शिक्षा प्रमुख टेकनाथ रेग्मीले जानकारी गराए। बिद्यार्थीहरुले अध्यान गर्ने पाठ्यपुस्तक बिद्यालयमा नआइपुगेकाे अवस्थामा शिक्षकहरुलाई पाठ्यक्रममा आधारित भएर पठनपाठन गर्न तालिमले सहयाेग गर्ने प्रमुख रेग्मीकाे भनाइ छ।

बिज्ञापन

तालिममा बिदुर आचार्य, टिपी पौडेल, थानेस्वरी ढकाल, हेम बराल, दिपक पौडेल लगायतकाे टिमले अनिवार्य बिषय अंग्रेजी, गणित, नेपाली बिज्ञान र सामाजिक बिषयमा सहजिकरण गरेका थिए।शिक्षकहरुलाई दिइएको नयाँ पाठ्यक्रममा आधारित तालिम उपयोगी र प्रभावकारी भएपनि तालिमकाे समय छाेटाे भएकाे तालिममा सहभागी शिक्षक माधब काेईरालाले बताए।नयाँ पाठ्यक्रममा आधारित तालिम बिद्यालयमा अध्यापन गारउने सबै शिक्षकलाई दिनु पर्ने बताउदै शिक्षक काेईरालाले तालिम तहगत र बिषयगत अलगअलग गाराउदा बढी उपयोगी हुने धारणा राखेका छन।