सूचनाको हकमाथि प्रहार गर्दै गौरादह नगरपालिका

गौरादह/गौरादह नगरपालिकाले जनताका प्रत्यक्ष सराेकारका बिषयमा गरिने निर्णय जनतालाई जानकारी गराउदैन। स्थानीय सरकारले बिकास निर्माण देखि जनताका मुलभुत आवश्यकताका बिषयमा गरिने निर्णय जनतालाई थाहा नदिई गुपचुपमा राख्ने गरेकाे छ।

स्थानीय सरकार जनताकाे सरकार भएकाले जनताका लागि गरिने बिकास निर्माण देखि अन्य कामकाे बारेमा जनतालाई थाहा दिनु पर्छ। स्थानीय निर्वाचनमा जनताले निर्वाचित गरेका जनप्रतिनिधिले जनताकाे काम गर्ने हाे। स्थानीय सरकारले जनताका आधारभूत आवस्यकता परिपुर्ति गर्न के कस्ता याेजना बनाएर काम गर्दै छ जनताले थाहा पाउनु पर्छ। स्थानीय सरकार भने जनताले थाहा पाएभने गाेप्य कुरा सार्वजनिक भएर कमिसन खाने बाटाे मेटिन्छ र जनता सडकमा बिराेध गर्न निस्कन्छन भन्ने डरले लुकाएर राख्ने गरेकाे छ।

गौरादह नगरपालिकाका जनप्रतिनिधिले आर्थिक बर्ष २०७९/०८० काे नगरकाे नीति कार्यक्रम र बजेटका बिषयमा पत्रकारहरुलाई थाहादिएन।नगरपालिकाले समाचार लेख्ने शैली नभएका,नगरवासिकाे पहुच सम्म नपुग्ने र आफ्नो भजन गाउने सन्चार माध्यमलाई आमन्त्रण गर्ने गरेकाे छ। स्थानीय सरकाले नगरकाे बजेटलाई पारदर्शी ढङ्गबाट जनता समक्ष लगेर बिकास निर्माणका काम गर्न पत्रकार र जनता सँग डराउनु पर्ने कुनै कारण छैन।

पत्रकार सँग तर्सिएर स्थानीय सरकारले बिकास निर्माणका कामकाे याेजना तर्जुमा र बजेट बिनियाेजन गर्दा जनप्रतिनिधिकाे काममा पारदर्शिता नहुनेमा जनताहरु माझमा स्थानीय सरकार माथि प्रस्न चिन्ह तेर्सिएकाे छ। गौरादह नगरपालिकामा शुक्रबार बजेट बिनियाेजनका लागि नगर सभामा बस्याे। शुक्रबार बसेकाे नगरसभामा पनि  सञ्चारकर्मीलाई थाहा दिइएन।संचारकर्मीलाई थाहा नदिई बजेट प्रस्तुत गरेको छ।पत्रकारलाई नगरसभाकाे बिषयमा सहभागी नगराई बजेट प्रस्तुत गरिदा गौरादहको बजेटको विषयमा समाचार बाहिर आएको छैन।बजेट सार्वजनिक जस्तो महत्त्वपूर्ण बिषयमा नगरले पत्रकारलाई जानकारी नदिदा जनतालाई थाहाहुनुत परै जाओस पत्रकार नै अन्याेलमा परेका छन।

प्रत्येक वर्ष नगरपालिकाले अन्य निर्णयकाे जानकारी नगराएपनि  निति कार्यक्रम र बजेट सार्वजनिक गर्दा आम सञ्चाकर्मीलाई बोलाउने गरेकाे थियाे।गत स्थानीय निर्वाचनमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले त्याे प्रचलनलाई यस पटक पेनाल्टी सुट हानेका छन। संचार माध्यमलाई थाहा नदिई बजेट सार्वजनिक गर्दा नगरबासि बजेटका बिषयमा अनबिज्ञ भएका छन। गौरादह नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिलाई नगरपालिका भित्र पत्रकार छन भन्ने थाहा नभएकाे हाे वा पत्रकारकाे काम छैन भनेर चासाे नदिएकाे हाे ?