
विराटनगर । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो ।

आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।
बिज्ञापन



आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताएका छन ।
