विवादको दलदलमा फसेको गौरादह नगरपालिका, नाट्किय ढंगमा नगरसभा

– सान नेपाल

 

बिज्ञापन

झापा। आन्तरिक गृहकार्य समेत नगरी असार १० गते गौरादह नगरपालिकाले नगरसभा आयोजना गर्यो ।

 

वडाकार्यालयको साँघुरो कोठा भित्र आयोजना गरिएको नगरसभा करिव १ घण्टा चलेर अन्त्य गरिएको वताईएको छ । गतवर्ष सम्म विषेश तामझामका साथ आयोजना गरिने नगरसभा यो पटक भने सञ्चारक्षेत्रलाई समेत वेवास्ता गर्दै आयोजना गरिएको छ ।

 

नागरिक समाजले नगरसभाको वारेमा गम्भिर चासो राख्दा समेत तिथि मितिको टुंगो नलागेको वताउदै आएको नगरपालिकाले हचुवाको भरमा नितिकार्यक्रमको नाटक मञ्चन गरेको भन्दै चौतर्फी विरोध शुरु भएको छ ।

 

नगरसभा वारेमा बुभ्mन खोज्दा आफुहरुलाई समेत केही थाहा नभएको र विषयवस्तुको वारेमा कुनै जानकारी नभएको कार्यपालिका सदस्यहरुले वताएका छन् ।

 

अपरान्ह करिव २ः३० बजे देखी सुरु गरिएको नगरसभामा ८५ करोडको हाराहारीमा बजेट प्रस्ताव गरिएको जनाईएको छ । नगरसभामा पार्टी निकट नेता कार्यकर्ताहरु समेत आमन्त्रित नभएको पाईएको छ ।