टाउकोमा हेल्मेट प्रहार गरि ६ लाख रुपैयाँ लुटियो

बुटवल– रुपन्देहीमा रिलायन्स सिमेन्ट कम्पनी एक कर्मचारी लुटिएका छन् । भैरहवा लुम्बिनी सडकखण्डको  लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका हुन् ।
 प्रहरीका अनुसार दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ  लुटेर फरार भएका छन् ।  

रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ मोटरसाईकलमा जाँदै गर्दा त्रिपाठीलाई हेलमेटले टाउकोमा प्रहार गरि रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

बिज्ञापन

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यसअघि गत भदौ २९ गते अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षीय महेन्द्र कुर्मीको गोली प्रहार गरी ५ लाख रुपैयाँ लुटिएको थियो ।

रातोपाटीबाट