भोलि एनएमबि बैंकको सबै कारोबार तथा सेवाहरु बन्द

काठमाडौं । एनएमबि बैंक शुक्रबार बन्द हुने भएको छ । ओम डेभलपमेन्ट बैंककसँग मर्ज हुने भएपछि भोलि दुवै बैंकको सेवा बन्द हुनेछन् ।

दुवै बैंकको तथ्यांकलाई एकीकृत गरी एउटै कोर बैंकिङ सफ्टवेयरबाट कारोबार गर्नुपर्ने भएकाले बैंकको सेवा बन्द हुँदैछ ।

असोज ११ गतेदेखि दुई बैंक मर्ज भइ एकीकृत कारोबार सुरु गर्दैछन् । शुक्रबार बैंकको सम्पूर्ण एकाउन्टको कारोबार, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम-पीओएस रेमिट्यान्सलगायत सबै सेवा अवरुद्ध हुनेछ ।