बन्दले सिरहाको जनजीवन पनि प्रभावित

सिरहा ।  नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण एम्वुलेन्स, सुरक्षाकर्मी तथा अत्याआवश्यक गाडीबाहेक कुनै पनि सवारी साध चलेनन् । बन्दका कारण सिरहाका सम्पूर्ण विद्यालय, करकाखाना, नीजि बैंकहरु तथा बजार पसलहरु बन्द रहे ।

बन्दका कारण सिरहाको पश्चिमी सीमाना बन्दीपुरमा सयौंको संख्यामा सावरी साधान रोकिएर राखिएको प्रहरीले  जनाएको छ । त्यसैगरी, आन्दोलनका कारण जिल्लाका विभिन्न बजार क्षेत्रमा ट्रक तथा मालबाहक गाडीहरु रोकिएर राखिएका छन् । बन्दकर्ताले चल्दै गरेको ट्रकमा ढुङ्गा प्रहार गरेको भन्दै लहान प्रहरीले २ जनालाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छ ।

बिज्ञापन