
झापा । प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित प्रहरीले झापाबाट २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई झापाको मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बिज्ञापन



पक्राउ पर्नेमा फाकफोकथुम-१ इलामका २७ बर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका-८ पाँचथरका २१ बर्षीय लक्षुमान तामाङ छन् । उनीहरुको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । उनिहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।
