काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ डालाबेशीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा चालक सिन्धुलीको मझुवा गाँउपालिका–५ का १९ बर्षीय मिलन मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल गएराती साढे २ बजे डिभाडरमा ठोकिएर पल्टिएको थियो ।

बिज्ञापन

घाइते भएका मोटरसाइकल पछाडी सवार मृतकका २१ बर्षीय दाई प्रेम बहादुर मग्रातीको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।