थप ३ सय ५७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय २८ जनाको परीक्षणमा ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये १ हजार ८ सय २८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ६८ जना र १ हजार ५ सय जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।

बिज्ञापन