गौरादह ३ नम्बर वडाका सामुदायिक विद्यालयको स्वरुप फेराउन लागिपरे वडाध्यक्ष भण्डारी

गौरादह/गौरादह नगरपालिका वडा नं -३ का वडाध्यक्ष दिलिप भण्डारी सामुदायिक बिद्यालयमा आकर्षण र गरिब दुखि जनता प्रति उत्तरदायी बनेका छन। सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या बढाउन र गरिब तथा बिपन्न परिवार सँग हातेमालाे गर्ने सकरात्मक अवधारणा अघि सारेका छन।

वडा भित्रका सामुदायिक बिद्यालयहरुकाे शैक्षिक गुणस्तर सुधार र बिद्यार्थी भर्ना अभिवृद्धिमा लागिपरेका छन। सामुदायिक बिद्यालयहरुमा अभिभावक र बिद्यार्थीहरुकाे आकर्षण बढाउन बिद्यालयमा नयाँ अवधारणा अघि सारेका छन। गरिब तथा बिपन्न बर्गका छाेराछाेरीहरु मात्र पढ्न आउने बिद्यालयका रुपमा परिचित रहेका सामुदायिक बिद्यालयमा सबैका छाेराछाेरीहरु पढ्न आउने वातावरण तयार गरिरहेका छन। सामुदायिक बिद्यालयमा सबै बिद्यार्थीहरुका लागि आवश्यक पर्ने खेलकुदका क्षेत्रलाई पनि समेटेर अध्यापन गराईने वडाध्यक्ष भण्डारी बताउँछन्।

बिज्ञापन

वडा भित्र रहेका २ वटा सामुदायिक बिद्यालयहरु सुर्यदय र दुर्गा देबि आधारभूत बिद्यालयमा भौतिक पुर्वाधार निर्माण गर्नुका साथै बिद्यालयलाई आकर्षक बनाएका छन। नेपाल सरकारले निर्धारण गरेकाे पाठ्यक्रमका आधारमा बिद्यार्थीहरुलाई बालमैत्री शिक्षण शिकाई गरिदै आएकाे सुर्यदय आधारभूत बिद्यालयका प्रधानाध्यापक लिला गौतम बताउँछन्। सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुलाई पठनपाठनका साथै मार्सल आर्टकाे शिकाई संचालन गरेका छन। मार्सल आर्ट सिक्ने बिद्यार्थीहरुका लागि वडा कार्यलयले प्रशिक्षक र ड्रेसकाे व्यवस्था गरेकाे छ।

बिद्यालयमा बाल शिक्षा पढाइ हुने कक्षामा बर्षादका समयमा पानी चुहिने भएकाले जस्तापाता परिवर्तन गरेका छन। हावाहुरीले क्षेतिग्रस्त भएकाे सामुदायिक पुस्तकालयमा पनि भण्डारीले जस्तापाता लगाइदिएका छन। बैशाख ३० गतेकाे स्थानीय निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष भण्डारीले वडाबासिका काममा स्वतन्त्र भएर काम गर्ने बताउदै संथाल समुदायकाे संस्कृति जगेर्ना गर्न बाजागाजा बितरण गरेका छन।

गरिबिका कारण उपचार गराउन नसकेका बिपन्न परिवारका सदस्यहरुमा अहिले सम्म ४ जनालाई आर्थिक सहयाेग गरेका छन। वडा भित्र राखिएका नबल्ने साेलार बत्ती मर्मत गरेका छन।हावाहुरीले घर टहरा भत्काएका ठाउँमा आर्थिक सहयाेग गर्नुका साथै गरिब ३ घर परिवारलाई निशुल्क स्वास्थ्य बिमा गरिदिएका छन।किसानहरुलाई खेती गर्न सहज बनाउन सिचाइका लागि डिप बाेरिङकाे अध्यन गरिनुका साथै मकै छाेडाउने मेसिन, सुँगुरका पाठापाठि बितरण तथा पशु चौपायकाे स्वास्थ्य बिमा गरिदिएका छन।