
काठमाडौं। भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण नगर्न राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले सरकारको ध्यानाकर्षण गराएकी छन्।

नेतृ पौडेलले आजको संसद बैठकमा सम्बोधन गर्दै यस्तो बताएकी हुन् । उनले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ यसमा दुई मत छैन भन्दै इन्डियामा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण नगर्न ध्यानाकर्षण गराएकी छन् ।
बिज्ञापन



त्यस्तै पौडेलले नेपालीसँग बिहे गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनैपर्ने बताइन् । उनले भनिन्, अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति पुग्छ, ‘अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र मानिंदैन ।’

आजको संसद बैठकबाट नागरिकता विधेयक पारित गर्ने सरकारको तयारी छ ।