एन्फाको दोस्रो कार्यसमिति बैठक अझै अन्योलमा

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति बैठक अझै अन्योलमा परेको छ । साउन २ गतेका लागि राखिएको बैठक अध्यक्ष पंकज नेम्वाङ अस्पताल भर्ना भएपछि साउन पाँच गतेका लागि बैठक बोलाइएको थियो ।दोस्रो बैठकमा पनि विवाद हुँदा अनिश्चितकालका लागि स्थगित भयो ।

एन्फाले अहिले कार्यसमिति बैठकका लागि मिति तय गर्न सकेको छैन । बहुमत सदस्यहरूको हस्ताक्षर सहित एन्फामा विदेश विभाग प्रमुख नवीन पाँडेलाई हटाउन माग भएका कारण उनलाई नहटाएसम्म नयाँ मिति आउने सम्भावना छैन ।त्यसैले एन्फाले नयाँ मिति तय गर्न सकेको छैन ।

बिज्ञापन

एन्फाका महासचिव किरण राईले नयाँ मिति नभइसकेको बताए ।