झापामा एम्बुलेन्सको ठक्कर स्कुटर चालकको मृत्यु

काठमाडौं । झापाको सुरङगामा एम्बुलेन्सको ठक्करबाट सख्त घाइते स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

झापा प्रहरीका अनुसार शनिबार दिउँसो मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट आईरहेको प्र १–०१–०१५प–२१४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बिज्ञापन

ठक्करबाट स्कुटर चालक झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्की र पछाडि सवार उनकी श्रीमती २० वर्षीया शर्मिला कार्की सख्त घाइते भएका थिए ।