
काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धानका लागि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली घटना स्थलमा पुगेको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका थिए ।
बिज्ञापन



घटनास्थलमा त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्याय सहितको टोली खटिई अनुसन्धानमा सुरु भएको प्रहरीले जनाएको छ ।
