
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । मूल्य घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ कायम भएको छ।
बिज्ञापन



यसअघि मंगलबार भने सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ६ सय र तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने अघिल्लो दिनको जस्तै चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो।