
सुनसरी : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) परियोजना मुलुकलाई जरुरी रहेको बताएका छन् । एमसीसी एक विकास परियोजना भएकाले उनले देशको लागि सो परियोजनाको आवश्यकता भएको बताउँदै सो सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने बताएका हुन् ।

सुनसरीको रामधुनी नगरपालिकाको कार्यक्रमका लागि विराटनगर पुगेका उनले सञ्चाकर्मीसँग कुरा गर्दै आवश्यकता र बाध्यताले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको समेत बताए । उनले आगामी संसद अधिवेशनमा यसबारे छलफल हुने जानकारी गराए ।
सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने पनि बताए । त्यस निम्ति गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको उनको भनाइ छ ।
बिज्ञापन



