थप ७ सय ६० जनामा कोरोना संक्रमण, एकजनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९ सय २६ जनाको परीक्षणमा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ५ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ६६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय २४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार ४ सय ४० जना होम आइसोलेसनमा रहेका छन् भने एक सय ६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।