
जनकपुरधाम। जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन् ।
अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने राउतले घोषणा गरेका छन्। अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।
डा.राउतले हिजो जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी–२ बाट चुनावमा उठाउनेबारे छलफल भएको बताए । सरकारले मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन मिति घोषणापछि नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।