
काठमाण्डौं। मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ पाँचले गठबन्धन गर्ने निर्णय गरेका छन् । आज बसेको सत्तारुढ दलका शिर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । साथै सो बैठकले निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन समेत गरेको छ ।

कार्यदल सदस्यमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीकेन्द्रबाट वर्षमान पुन र देव गुरुङ छन् । त्यस्तैएकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ छन् ।
बिज्ञापन



राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदलका सदस्यले सिट बाँडफाँटका विषयमा प्रस्ताव तयार पार्ने छ । तर, कहिले कसरी गर्ने भन्ने विषयमा निर्क्योल भएको छैन । कार्यदलले तयार गरेको प्रस्तावको आधारमा नै सिट बाँडफाँड गरिने छ ।
