मोरङको पथरीबाट ब्राउन सुगर सहित एक जना पक्राउ

मोेरङ। मोरङको पथरी शनिश्चरे नगरपालिका -१ गुद्री बजारबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अक्षय माझी रहेका छन् ।

हिजो बेलुका साँढे ७ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले माझीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ४ मिलिग्राम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका माझीको थप अनुसन्धान भइरहेको छ ।