बारामा गाँजासहित २ जना पक्राउ

प्रहरीले बाराको निजगढ नगरपालिका–११ स्थित रतनपुर तामागढी सडक खण्डबाट दुई जनालाई दुई किलो गाँजासहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका( ११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसार पसार भइरहेको विशेष सूचनाको पाएलगतै प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जाँदै गरेको प्रदेश–३–०३–००१ प २१०५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा निजगढ नगरपालिका–१२ रामथलीका का ३० वर्षीय बिजय तमाङ र ३२ वर्षीय सन्तबहादुर लुम्बाले बोकेको झोला खानतलासी गर्दा दुई किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक विशाल बानियाँले जानकारी दिए ।लागुऔषध फेला परेपश्चात उनीहरु सवार रहेको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

बिज्ञापन