विराटनगरमा १२० किलो गाँजा बरामद : अदुवाभित्र लुकाइएको थियो गाँजा

विराटनगर १८ को नेपाल-भारत सीमा क्षेत्रबाट मोरङ प्रहरीले बुधबार राति ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

गाडीभित्र धानको भुस, अदुवासहितको सामानमा लुकाएको अवस्थामा एक सय १० केजी गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए।

बिज्ञापन

इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को १ च ५३१८ नम्बरको गाडीबा १ सय २० किलो गाँजा र ५ सय ५४ किलो अदुवा फेला पारेको हो।

निलो त्रिपालले छोपेको सेतो गाडीभित्र गाँजा र अदुवा फेला परेको हो।

नेपालबाट भारततिर जाँदै गरेको अवस्थामा प्रहरीले राति १० बजेतिर रोकेर चेकजाँच गर्न खोज्दा पिकअप छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ।