भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गरेको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्‍कलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गरेको हो ।

अद्यावधिक कार्यक्रम अनुसार मिति २०७९ भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक ९दाबी विरोधसमेत० को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषय कार्यक्रममा समावेश गरिएको छ ।