
डिभिजन वन कार्यालय बाराले ८५ थान सालको चिरान काठ बरामत गरेको छ । जीतपुरसिमरा उपमहानगर १६ स्थित मगर टोलबाट अवैध रुपमा लुकाई राखेको चिरान काठ वनको गस्ती टोलीले सोमबार नियन्त्रणमा लिएको डिभिजन वन अधिकृत विनोद सिंहले जनाएका छन् ।

विशेष सूचनाका आधारमा प्रहरी, वन कर्मचारी तथा सशस्त्र वन सुरक्षाकर्मीको टोलीले ८५ थान करिव ६४ क्यूफिट सालको चिरान काठ बरामत गरेको हो । सो काठ हालको बजार मुल्यमा ३ लाख ५० भन्दा पर्ने वन कार्यालयले जनाएको छ ।
बिज्ञापन



२ दिनअघि वनको गस्ती टोलीले सोही क्षेत्रबाट ३ वटा सालको गोलिया र १ थान मोटरसाईकल नियन्त्रणमा लिएको थियो ।
