
काठमाडौं । एउटा सानो शंखे किराले जापानमा २६ रेलको आवतजावत बन्द ग¥यो भन्दा अचम्म लाग्ला । गत महिना एउटा सानो शङ्खे किराका कारण बिजुली आपूर्ती ठप्प भएपछि रेलको आवतजावत प्रभावित बन्यो । जसका कारण करिब १२ हजार यात्री तनावमा परेका थिए ।
हरेक सेकेन्ड महत्वपूर्ण मानेर काम गर्ने जापानका मानिसहरुका लागि कुनै पनि सेवामा ढिलाई हुँदा कम्पनीले सार्वजनिक रुपमा तत्काल माफी माग्नुपर्छ । गत मे ३० मा बिजुली आपूर्ती ठप्प हुँदा करिब २६ रेलको आवतजावत प्रभावित भयो भने करिब १२ हजार यात्री मारमा परेका थिए ।
र, अनुसन्धानका क्रममा एउटा शंखेकिरा जिम्मेवार भएको पाइयो । शंखेकिरा पावर सिस्टम भित्रजाँदा बिजुली उपकरणमा शर्ट सर्किट भएको जसका कारण बिजुली आपूर्ति प्रभावित भएको स्थानिय सञ्चारमाध्यमले जनाएका थिए ।