
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । आसन्न निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित कार्यदलको म्याद सकिन लाग्दा गठबन्धनको शीर्ष बैठक बसेको हो ।
शीर्ष बैठकले कृष्ण सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई सिट बाँडफाँटका लागि साउन मसान्तसम्मको समय दिएको थियो ।
शीर्ष बैठकले कार्यदललाई आवश्यक मार्गनिर्देशन दिनेछ । बैठकमा सत्ता गठबन्धनलाई विस्तार गर्ने तथा अन्य दललाई पनि समेट्ने सन्दर्भमा छलफल भइरहेको छ ।राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई पुनः अघि बढाउनेबारे बैठकले ठोस निर्णय लिने बताइएको छ ।