प्रधानमन्त्री‍ ओलीले डाके सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् ।

 

बिज्ञापन

मंगलबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सर्वदलीय बैठक डाकिएको हो ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

 

सरकारले छुटेका भूमि समेटर नयाँ नक्सा सार्वजनिक गरेपछिको अवस्था, संविधान संशोधन, सीमालगायत विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेको बताइएको छ ।