
बिराटनगर। नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक सुदिप गिरीले दातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
नेपाल प्रहरी श्रीमती संघले बिगत देखि नै सामाजिक क्षेत्रमा बिबिध कार्यहरु गर्दै आईरहेको सन्दर्भमा आफ्नो ३८ औ बार्षिकोत्सवको अवसरमा रक्तदान कर्यक्रमको आयोजना गरेको हो ।
रक्तदान जिवन दान, भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै कार्यक्रमको आयोजना गरिएको हो । रेडक्रस सोसाईटी मोरङको प्राबिधिक सहयोगमा सम्पन्न रक्तदानमा ४८ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।