
काठमाण्डौं। विदेशी नागरिकलाई विहे गरेर ल्याउने वित्तिकै बैबाहिक अंगीकृत नागरिकता दिने सत्ता गठबन्धनको लेण्डुपे प्रबृतिका कारण संसदको दुबै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता पठाएको दुई दिन पनि बित्न नपाउँदै सरकारले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुनः संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति गरेको छ।



राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार नागरिकता विधेयक संसदमै फिर्ता पठाउनु भएको थियो । प्रमुख प्रतिपक्ष नेकपा एमाले, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको कडा विरोधका बाबजुत पनि सत्ता गठबन्धनले सात बर्षे प्रावधान हटाएर विधेयक पास गर्दै प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाएको थियो ।

राष्ट्रपतिले आइतबार फिर्ता पठाएसँगै विदेशीलाई तत्काल नेपाली सरहको अधिकार दिन ल्याइएको लेण्डुपे प्रवधानमा अंकुस लागेको थियो । तर लेण्डुपेहरुले फेरी मुलुकमा विदेशीहरुलाई नेपाली भुमीपुत्र सरह अधिकार दिन राष्ट्रपति समक्ष पठाउने निर्णय गरेका छन् । यो देशको विरुद्धमा छ ।
मुलुकलाई कम्जोर बनाउन ल्याइएको यो प्रावधानलाई रोक्न नसके भोलिका दिनमा बास्तविक नेपालीहरुनै अल्पमतमा पर्ने निश्चित छ । जबकी नेपाली छोरी चेली भारतमा विबाह गरेर दिदां कम्तिमा पनि ७ बर्ष पर्खिनु पर्ने प्रावधान छ, तर नेपालमा ल्याउने वित्तिकै दिइहाल्नु पर्छ भन्ने लेण्डुपेहरुको हठका कारण मुलुकलाई फिजिकरणको तयारीमा लगिदैछ ।
नेपाली नागरिकलाई नागरिकता दिनुपर्छ । तर विदेशीलाई तत्काल दिनुपर्छ भन्नु लेण्डुपेहरुको देश सिध्याउने खेल हो भन्ने प्रष्ट देखिन्छ । यसबाट आम नेपाली जनताले बुझ्न आबश्यक छ ।
कि देश लेण्डुपेहरुको हातमा दिने कि लेण्डुपेहरुलाई नै पेण्डुलम बनाइ बचाउने । जुन नजिकिदै गरेको निर्वाचनबाट यसको हिसाव किताब गर्ने अबसर हरेक देशभक्त नेपालीलाई छ ।
अझ मुलुकको स्वाधिनता र राष्ट्रियतालाई मजबुत बनाउन गैर नेपालीलाई पैसामा वेचिएको नागरिकता खारेजीको मुद्दा उठाउनु पर्ने अबस्थामा विदेशीलाई नै नागरिकता बाढ्दै गैर नेपालीहरुको संख्या बढाउने खेलमा सरकार लाग्नुले पनि सरकार कम्फरटेबल नै रहेछ भन्ने प्रष्ट भएको छ ।
यहाँको तराईको सिमानाको रक्षा गर्ने बास्तविक बंशज नेपालीले निर्वाचनमा टिकट नपाउने तर विदेशी नागरिकलाई विहे गरेर ल्याउने वित्तिकै नागरिकता दिएर देशको जनप्रतिनिधि बनाई मुलुकको हरेक अधिकार दिने लेण्डुपेहरुको कदमको पत्तासाफ गर्न जरुरी छ ।
जुन यहाँका बास्तविक बंशज मधेसी नागरिकका लागि सम्मान हुनेछ भने आम नेपालीहरुको जित हुनेछ । तसर्थ यो राष्ट्रियतासँग जोडिएको मुद्दामा सबै नेपाली एक हुन जरुरी छ ।