
काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा ७ नेताले आफ्नो दाबी पेश गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकमा नेताहरु देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो दाबी रहेको बताएका हुन् ।

माओवादी नेताहरुमा पद लोभको भावना उच्च रहेको श्रोतले बतायो । महासचिव कसलाई बनाउने भन्नेमा अहिले माओवादी केन्द्रमा निक्कै ठूलो संकट पैदा भएको छ । पदकै कारण पार्टी भित्र ठूलो मतभेद हुन सक्ने एक नेताले बताएको श्रोतको दाबी छ ।
बिज्ञापन



