देश बचाउन एमालेको आन्दोलन जारी रहेको ओलीको भनाई

दमक।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश जोगाउन र देशको स्वाभिमान बचाउन नेकपा एमालेले अहिले पनि आन्दोलन जारी राखेको बताउनु भएको छ ।

आज झापाको दमकमा नेपाल स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटीको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

बिज्ञापन

उहाँले पछिल्लो समयमा पुष्पकमल दाहाल प्रचण्ड एउटा चाटुकार र नाटककार भएर निस्किएको पनि बताउनुभयो । जनताका छोरा छोरीलाई मारेर भर्‍याङ बनाएर दाहाल सत्तामा पुगेको ओलीले उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, जति बेला नेपाली जनताका छोराछोरी मारिँदै थिए त्यतिखेर माओवादी नेताका छोरा छोरी विदेश पढ्ने र सुरक्षित स्थानमा बसेका थिए । उहाँले जो सुकैले गठबन्धन गरेपनि नेकपा एमालेको बहुमतको सरकार बन्ने दाबी समेत गर्नुभयो । अध्यक्ष ओलीले आन्दोलन कहिल्यै पनि शासक र सम्भ्रान्त समुदायले गर्ने विषय नभएको पनि बताउनुभएको छ ।