आयोगले सरकारसँग माग्यो ११ अर्ब रुपैयाँ

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि करिब ११ अर्ब रुपैयाँ बजेट माग गरेको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने बजेट माग गर्दै आइतबार अर्थ मन्त्रालयलाई पत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

उनले भने ‘१० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरेका छौं । निर्वाचन सम्पन्न गर्दासम्म त्यति रकम खर्च हुन्छ भन्ने हाम्रो प्रक्षेपण हो,।