
हङकङमा प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूबीच हिंसात्मक झडपहरू भएका छन्। प्रजातन्त्रको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । हङकङमा लगातार प्रदर्शन भएको यो १७ औं साता हो ।

विद्यार्थीहरूको नेतृत्वमा अम्ब्रेला मुभमेन्ट भनिने आन्दोलन भएको पाँच वर्ष पुगेको अवसरमा दशौं हजारले सडकमा भेला भएर प्रदर्शन गरेका हुन् ।
बिज्ञापन



विशेष प्रशासनिक एकाइ हङकङले न्यायिक स्वतन्त्रतासहित मुख्य भूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।
