काठमाडौँ : घरको छतबाट खसेर ६० वर्षीय पन्तको मृत्यु

काठमाडौँमा घरको छतबाट खसेर अन्दाजी ६० वर्षीय महेश पन्तको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सोमबार लाजिम्पाटमा रहेको घरको छतबाट खसेर पन्तको मृत्यु भएको हो। पन्तको शव पोष्टमर्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरीले बताएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

बिज्ञापन