
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्यामा सेना र स्वास्थ्य मन्त्रालयबीच फरक–फरक तथ्यांक पाइएको छ । सेनाको इन्सिडेन्ट कमान्ड सिस्टमले बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार २९४ रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले चाहिँ बुधबारसम्म मृतक संख्या २,०५५ उल्लेख गरेको छ ।
यी दुईबीच ८८९ अंकको फरक छ । सेनाले कोरोना पुष्टि भएको पीसीआर रिपोर्ट र मृत्यु भएको प्रमाणपत्रका आधारमा मात्रै शव व्यवस्थापन गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सेनाले शव व्यवस्थापन गरिसकेको भनिएका अरुको कोरोनाकै कारण मृत्यु भएको हो वा होइन भन्ने बारे अध्ययन भैरहेको र सोही अनुसार अद्यावधिक गरिने बताए ।
सेनाको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुने दर १ प्रतिशत नाघेको छ । मन्त्रालयले सार्वजनिक गरेको मृतक संख्या र नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्यामा झन्डै ९ सयको फरक पाइएपछि छानविन समिति गठन गरिएको थियो ।