सप्तरीमा प्रहरी  र तस्कर समूहबीच झडप, तीन राउण्ड हवाइ फायर

जनकपुरधाम ।  सप्तरीमा प्रहरी तस्कर समूहबीच झडप भएको छ । तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा झडप भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर समेत गरेको थियो।

जिल्लाको बलान बिहुल गाउँपालिका– ४ बेल्हीमा भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । सप्तरीका डीएसपी काफ्लेले तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन गएका प्रहरीविरुद्ध तस्करको समूहले आक्रमण गरेपछि प्रहरीले हवाइ फायर गरेको बताउनुभयो ।

बिज्ञापन

तस्करहरुले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएको उहाँले बताउनुभयो । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

भारतबाट सामान तस्करी गरेर एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो । ती घरको खनतलासी गर्न नदिएर प्रहरीमाथि नै ढुँगा प्रहार गर्दा प्रहरीले हवाई फायर गरेको काफ्लेले बताउनुभयो ।