
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

बिज्ञापन




आज (शनिबार) बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
हिजो (शुक्रबार) साँझ दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर शिक्षण अस्पतालबाट डिस्चार्ज भएका ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच करिब आधा घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । तर, उनीहरुबीच के कुरा भयो त्यो भने खुलाइएको छैन ।
मृगौला प्रत्यारोपणका लागि गत फागुन १९ गते महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको फागुन २१ गते मृगौला प्रत्यारोपण गरिएको थियो ।