छन्त्यालद्वारा भलिबल संघको सहसचिवमा उम्मेदवारी घोषणा

नेपाल भलिबल संघको महासचिवमा मनवीर छन्त्यालले उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै छन्त्यालले भाद्र २२ गते हुने चुनावका लागि उम्मेदवारी घोषणा गरेका हुन् । ढोरपाटन क्लबका अध्यक्ष तथा नेपाल भलिबल संघका सचिव छन्त्याल उम्मेदवारी घोषणा गर्दै एक पद एक ग्राउण्ड, एक रेफ्री एक प्रतियोगिता, एक कोच एक टिमजस्ता अवधारणालाई अघि सारेका छन् ।

त्यस्तै भलिबलमा पारदर्शिता निष्पक्ष, संस्थागत विकास, व्यवस्थापकीय सुधार, खेलको व्यवसायीकरण जस्ता विषयलाई पनि आफूले अंगाल्दै आएको र आगामी दिनमा पनि यसलाई यसरी नै लैजाने बताए । ‘विगतका दिनदेखि आजसम्म आइपुग्दा मेरो आज भलिबलसँग नङ र मासुको जस्तै सम्बन्ध छ । जब म ५÷६ वर्षदेखि भलिबल खेल्न थाले त्यतिबेला देखिनै ग्राउन्ड बनाउने खेल आयोजना गर्न एवम् हाइ स्कुल हुँदै क्याम्पसपछि क्लब त्यसपश्चात संघको सदस्य, सचिव सम्म आइपुग्दा भलिबल खेलको बारेमा स्टेप स्टेप अनुभव छ । भलिबल खेललाई कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा एथेष्ट अनुभव छ,’ छन्त्यालले भने ।

बिज्ञापन

छन्त्यालले नेपाली भलिबलले पछिल्लो समय लिएको सफलताको गतिमा पनि आफ्नो ठूलो योगदान भएको बताए । छन्त्यालले भलिबल संघहरूको गतिविधिमा सहभागी भइ संघले दिएको जिम्मेवारी इमानदारीका साथ पुरा गरेको बताए । उनले अझै महासचिवको पदमा रहेर भलिबलमा योगदान गर्ने अटल​ इच्छा रहेकोले आफूले यो पदका लागि दावी गरेको बताए ।