
दमक। आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर ५ क बाट तीन जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस श्रोतका अनुसार झापा ५ (क) बाट प्रदेश सभा निर्वाचनका लागि अनिल कृष्ण प्रसाई, ५ (क) का क्षेत्रीय सभापति जीवन राई र राजन बहादुर ढुंगानाको नाम सिफारिस भएको छ ।
बिज्ञापन



यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा नेकपा एमालेका हिक्मत बहादुर कार्की निर्वाचित भएका थिए । उनले कांग्रेसका अनिल कृष्ण प्रसाईलाई पराजित गरेका थिए ।
