
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्चको फैसला नेपाल राष्ट्र र नेपाली जनताको हितमा रहेको बताएका छन् ।

साथै उनले उक्त फैसलालाई इतिहासले सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । उनले सोमबारको फैसला इतिहासमै एक महत्वपूर्ण परिघटनाका रुपमा रहने समेत बताए ।
बिज्ञापन



उनले संविधान, लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय हितको रक्षाका लागि अदालतको फैसला आवश्यक बनेको बताए ।

‘अदालतको आजको फैसालले यो सबैलाई रक्षा गरेको छ । त्यसकारण मेरो दल र विपक्षी गठबन्धनको तर्फबाट पनि सर्वोच्चको फैसलालाई स्वागत गर्दछु,’ उनले भने ।