हात्तीको आक्रमणबाट युवा घाइते
दमक /  हात्तीको आक्रमणबाट भद्रपुरका २१ वर्षे युवा घाइते भएका छन्।
गए राति झापाको भद्रपुर नगरपालिका १० फूलबारीमा जङ्गली हात्तीको आक्रमणमा परि सोहि ठाउँ बस्ने २१ वर्षे विशाल सोरेन घाइते भएका हुन् । उनको कम्मर, टाउको र बायाँ खुट्टामा चोट लगेको छ भने हाल उनलाई उपचारका लागि  प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन