
बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह प्रदेश पाँचका विभिन्न जिल्लामा एक हप्ता लामो भ्रमणका लागि आइतबार रुपन्देही आएका छन् । आइतबार साझ भैरहवा आएका शाहलाई विमानस्थलमा उनका समर्थहरुले `हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ ´भन्ने नारा लगाउदै भव्य स्वागत गरेका थिए । उनलाई स्वागत गर्न मानव सागर उर्लिएको थियो ।उनी एक हप्ता यहा बस्दा विभिन्न शक्तिपीठ जाने कार्यतालिका सार्वजिक गरिएको छ ।




पूर्वराजा शाहले यही मंसिरको १५ गतेदेखि २२ गतेसम्म प्रदेश पाँचका जिल्लाहरु रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पाका धार्मिक शक्तिपीठमा दर्शन गर्ने कार्यक्रम रहेको भ्रमण कार्यक्रम प्रचार प्रसार समितिले जनाएको छ ।

भ्रमण कार्यक्रम अनुसार उनी आज भैरहवा आएर तिलोत्तमा रहेको टाईगर होटल बसेका छन् । उनले त्यहा केही आफूहरु निटक व्यतिहरुलाई भेटधाट गर्ने छन् । भोली १६ गते रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बोलबम धामको भ्रमण गर्ने कार्यक्रम छ ।
त्यस्तै १७ गते रुपन्देहीको मर्चवार स्थित मर्चवारीमाई मन्दिर, १९ गते पाल्पा तानसेनको भगवती मन्दिर, २० गते कपिलबस्तु गोरुसिंगेको पशुपति मन्दिर र २१ गते नवलपरासीको पाल्ही स्थित पाल्ही भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको छ । यसैबीच पूर्वराजाले आफ्ना समर्थकहरुका साथै राजनीतिक भेटघाट पनि गर्ने अनुमान गरिएको छ ।