अस्ताए चाणक राउत, सिंगो गौरादह शोकाकुल

गौरादह / मंसिर १६

भ्रष्टाचार जागरण विरुद्धका योद्धा रास्ट्रीय प्रजातन्त्र पार्टी झापा जिल्ला निर्वाचन क्षेत्र नं. ५ का सह-सचिब चाणक राउतको हृदयघातका कारण सोमबार बिहान निधन भएको छ । रातको समयमा अचानक छाती दुखे पछि उनले आफैं कार चलाएर हस्पिटल जान भनेर हिडेका थिए । असैह्य वेदनाका बापजुत पनि आफ्नो निवास गौरादह ४ कार्की चोक बाट स्कुलचौन सम्म आफैं कार चलाएर आइपुगेका राउतले स्थानीय युवा बेदु भण्डारीलाई आफैं टेलीफोन गरेर सहयोगको याचना गरेका र राउतलाइ लाइफ लाइन अस्पताल पुर्याइएको भएता पनि त्यहाँ उपचार सम्भव नभए पछि उनलाई बिर्तामोडको बि. एन. सी. हस्पिटल लादा लादै निधन भएको बताइएको छ ।
राउतको अन्त्येष्टि स्थानीय चान्दु खोलामा आजै गरिएको छ । राउतको पार्थिव शरीरमा राप्रपा सह-महामन्त्री राजेश गिरीले पार्टीको झण्डा ओढाइ सम्मान अर्पण गरेका थिए भनें नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको जनाएको छ ।
५३ वर्षीय राउत नेपाली सेनाका रिटायर्ड लेफ्टिनेन्ट जनरल हुन् । उनका ३ छोरी रहेका छ्न ।
रिटायर्ड जीवन घरमै विताउदै आएका राउत साहसिक र निडर व्यक्तिको रूपमा चिनिन्छ्न । भ्रष्टाचार र व्यथितीको विरुद्धमा चर्को आवाज उठाने राउतको निधनले राप्रपाले एक कुशल योद्धा गुमाएको राप्रपा निकट नेताकार्यकर्ताहरु बताउँछन् ।

बिज्ञापन