
काठमाडौं : नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले भ्रष्चारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् । बिहीबार उनले सञ्चालन गर्न लागेका नयाँ अभियानको औपचारिक घोषणा हुने भएको छ ।

बिज्ञापन



नेपाल प्रहरीमा सक्षम र इमान्दार अधिकृतको छवि बनाएका पूर्वडीआईजी खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय रुपमा अगाडि बढाउने बताएका छन् ।

उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा सञ्चालन गर्दै आएका छन् ।
खरेल संयोजक रहेको अभियानमा डा. नरेन्द्र घिमिरे, डा. नन्द कार्की देवेन्द्र सिटौला, ज्ञानेन्द्र शाहीलगायत पनि आबद्ध रहने ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।