

मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहानै आफ्नै डेरा अघि नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको शव पोष्टमार्टमका लागी धरान लगिएकोे छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा पोष्टमार्टम गर्न प्रहरीले शव ल्याएको हो ।



पथरीमा कस्मेटिक पसल चलाउदै आएकी बस्नेत मृत अवस्थामा मर्निङ वाक गर्नेहरुले सबेरै देखेका थिए । उनलाई बलात्कार गरी हत्या गरिएको आशंका पनि गरिएको छ । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने त्यस्तो तथ्य भेटिएको छैन । उनी पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् ।

यद्यपी, पोष्टमार्टमबाट धेरै कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले सबै कोणबाट अनुसन्धान थालिएको उनले बताए । ‘आफ्नै डेरा भएको घरअघि मृत भेटिएको हो । चोट देखिएको अवस्था छ,’एसपी केसीले भने,‘शवलाई पोष्टमार्टम गर्न धरान पठाएका छौ, पोष्टमार्टमबाट धेरै कुरा खुल्छ ।’
मृतक बस्नेतको शव नग्न अवस्थामा भेटिएको थियो । उनको श्रीमान हाल दुबईमा कार्यरत छन । कर्न्सट हेरेर राती घर फर्किनेक्रममा आमाको मोबाइलमा धेरै नै पटक फोन आइरहेको तर आमाले उक्त फोन उठाएकी थिईनन्। उनले आमालाई १ बोत्तल बियर ल्याएर दिएको र आधा मात्र खाएको उनका छोरा साइमन बस्नेत बताउछन् ।
राति आमालाई पटक पटक फोन गर्ने व्यक्ति कमल नेपाल हुन्। उक्त व्यक्तिले उनलाई मोबाइल, ट्याब र आमालाई सपिङ्ग गर्ने पैसा दिने गरेको छोराले बताए।
मृतकका जेठाज्यु चक्र बहादुर बस्नेत भन्छन ‘रक्सिले मात्तिएर लडेकी भनेकी बुहारीको शरीरमा कुनै ठुलो चोटपटक लागेको छैन। घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या जस्तो देखिएको छ। तर प्रहरीले बिना अनुसन्धान एक सिसि बियरको भरमा मदिरा सेवन गरि मृत्यु भएको भन्दै परिवारको अनुमति नलिई पोस्टमार्टमको लागि सिधै हस्पिटल लगियो।’
हाल शवलाई पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा ल्याएको छ । उनको खुट्टामा बालुवैबालुवा रहेकाले उनलाई बलात्कार गरी हत्या गरिएको आशंका स्थानीयले गरेका छन् ।