स्वतन्त्र राष्ट्रिय अभियानद्वारा दमकमा राष्ट्रिय झण्डा धुने कार्यक्रम

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आज झापाको दमकमा राष्ट्रिय झण्डा धुने कार्यक्रम सम्पन्न गरेको छ। उसले आज देश तथा विदेशमा  झण्डा धुने कार्यक्रम आयोजना गरेको थियो। सोहि अनुसार दमकमा झण्डा धुइएको हो। सो क्रममा उनीहरुले राष्ट्रिय गान समेत गाएका थिए ।

 

बिज्ञापन

नेपाली अनुहारका विदेशी दलाल हरुले राष्ट्रको अस्मिता र राष्ट्रिय झण्डाको गरिमालाइ दुषित पारेको भन्दै अभियानले आज राष्ट्रिय झण्डा धुने कार्यक्रम राखेको अभियानका दमक संयोजक दिपेन्द्र पौडेलले जानकारी दिए।

 

संयोजक पौडेलले कार्यक्रम संयोजन गरेका थिए। कार्यक्रममा अभियन्ताहरु भानु अधिकारी , सुजन थपलिया, अम्बिका खुलाल त्यसैगरी साहित्यकार प्रकाश गुरागाइ साथै सुलभ रिजाल लगायत अन्य थुप्रै व्यवसायी हरुको सहभागिता रहेको थियो।